बोहरा मेडिको सेन्टर

सिरोहियालाई छोड्न माग गर्दै जनकपुरधामका मेयर धर्नामा

dream cafe
learnar

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई साधारण तारेखमा छोड्न माग गर्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह धर्नामा बसेका छन्।

धनुषा जिल्ला अदालतअगाडि उनी धर्नामा बसेका हुन्।

CNA

सामान्य मुद्दामा सिरोहियालाई राजद्रोहीझैं पक्राउ गरेर राज्यले मधेशलाई अपहेलना गरेको उनको आरोप छ।

नागरिकतामा त्रुटि हुनु जिल्ला प्रशासन कार्यालयको कमजोरी भएको मेयर साहले दाबी गरे।

GBL NEW

‘नागरिकतामा त्रुटि हुन्छ। कहिले उमेर त्रुटि हुन्छ, कहिले नाम। उहाँको हकमा एउटै नागरिकता नम्बर दुई जनालाई पर्यो। यो कसको त्रुटि हो ? जिल्ला प्रशासन कार्यालयको होइन् ? सामान्य मुद्दामा राजद्रोहीलाई झैं पक्राउ गरिएको हो। उहाँलाई साधारण तारेखमा छोड्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने।

सिरोहियालाई आज अदालतले नछोडेमा सशक्त आन्दोलनमा जाने उनको चेतावनी छ।

मेयर साहसँगै नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता–कार्यकर्ता तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि धर्नामा छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत मंगलबार सिरोहियालाई कान्तिपुर मुख्यालयबाट पक्राउ गरेको थियो। किर्ते नागरिकताको आरोपमा पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले पहिलोपटक तीन दिनको म्याद दिएको थियो।

अनुसन्धान नसकिएपछि प्रहरीले आज पुनः म्याद थप गर्न लागेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.