दमनबहादुर : विद्यार्थी राजनीतिबाट उदाएर प्रदेश माननीयसम्म

निर्वाचनको मुखमै पितृ शोक

dream cafe
learnar

बझाङ : उपचुनावअन्तर्गत बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–१ मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

GBL NEW

भण्डारीले ११ हजार ६१२ मत पाउँदा सिंहले ११ हजार ३४६ मत ल्याएका छन्।

नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८३१ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंह २ हजार ५१४ मत पाए।

निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन। शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। यहाँ ११ दलका उम्मेदवार थिए।

यस्तो छ विगत
२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका- १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए।

नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए।

बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ।

उपनिर्वाचनको मुखमा बुबा गमाएका भण्डारी २०५४ सालमा मटेला गाविसको एमाले अध्यक्ष निर्वाचित भएका थिए।

 

२०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी ०६२ सालमा राष्ट्रिय युवा संघ नेपाल अञ्चल कमिटी सचिव बनेका थिए।

२०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल बझाङ एमाले अध्यक्ष समेत रहेका छन्।

यो उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकाङ्क्षी ६ जनाबिच मतदान गराउँदा भण्डारी सबैभन्दा धेरै ९४ मत प्राप्त गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.