बोहरा मेडिको सेन्टर

सर्वोच्चलाई रञ्जिताको जवाफ : फौजदारी अभियोगमा दोषी रेशमलाई अध्यक्ष हुन रोकेकी हुँ

dream cafe
learnar

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन्।

निर्वाचन आयोगले फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो। त्यस्तै चौधरी आयोजक समिति अध्यक्ष भएर गरेको महाधिवेशन पनि स्वीकार गरेको थिएन।

CNA

उक्त निर्णय विरूद्ध चौधरीले सर्वोच्च अदालतमा रिट दिएका थिए। उनले आफूलाई अध्यक्ष बनाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले माग अनुसारको आदेश किन जारी नगर्ने भन्ने कुराको लिखित जवाफ बुझाउन विपक्षीहरूलाई आदेश दिएको थियो।

Bohora ma 1

सोही आदेश अनुसार सर्वोच्चलाई लिखित जवाफ दिँदै श्रेष्ठले टीकापुर प्रकरणमा व्यक्ति हत्याको अभियोगमा दोषी ठहर भएकाले न उनको माग बदरभागी रहेको जिकिर गरेकी हुन्।

कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर भएर सजाय पाएका व्यक्तिलाई राजनीतिक दलको अध्यक्ष हुन रोकेको श्रेष्ठको भनाइ छ।

रेशमले भने आफूलाई सजाय सुनाउँदा अदालतले ‘नैतिक पतन देखिने’ भन्ने कुरा नै उल्लेख नगरेकाले पार्टी अध्यक्ष बन्नबाट आयोगले रोक्न नपाउने जिकिर गरेका छन्। निर्वाचन आयोगले आफै नैतिक पतन मानी निर्णय गर्न नमिल्ने रेशमको तर्क थियो।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट/थारूवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रूप लिँदा एक जना डेढ वर्षे शिशु र ७ जना सुरक्षाकर्मी मारिएका थिए।

सोही प्रकरणमा रेशम चौधरी दोषी ठहर भएका थिए। उनीसहित ११ जनालाई २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.