बोहरा मेडिको सेन्टर

नाउपामा दलको नेताबाट घनश्याम आउट हुँदा कैलाश ईन

dream cafe
learnar

धनगढी : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलको नेताबाट घनश्याम चाैधरीलाई हटाइएको छ।

Bohora ma 1

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै घनश्यामलाई हटाएर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन्।

CNA

घनश्याम आर्थिक मामिला मन्त्री समेत हुन्। अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रिय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उल्लेख छ।

अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको यसअघि नै सार्वजनिक वक्तब्यद्वारा जानकारी गराएकी थिइन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.