CAMBRIDGE PUBLIC SCHOOL

शिक्षक भएर ज्ञान दिए, जनप्रतिनिधि भएर जनताको सेवा गर्छु : बिष्ट

डडेल्धुरा
लामो समय शिक्षक पेशामा रहनुभएका निर्मला बिष्ट आसन्न स्थानिय तहको निर्वाचनमा नुवदुर्गा गाउँपालिकाको उपाध्यक्षका लागी चुनावी दौडमा हुनुहुन्छ । शिक्षक पेशाको १७ वर्ष पछि जनप्रतिधिको रुपमा जनताको सेवागर्ने भन्दै बिष्ट नेपाली काग्रेसबाट गाउँपालिका उपाध्यक्षको उमेदवार बन्नु भएको हो ।
वि.स. २०५८ मा नेपाल विद्यार्थी संघबाट डोटी क्याम्पसको कोषाध्यक्षबाट राजनितिमा प्रवेश गर्नुभएका बिष्ट पार्टीको राजनितिमा वि.स. २०६२ मा नेपाली काग्रेसको क्रियासिल सदस्यता संगै नेपाल शिक्षक संघको राजनितिमा सक्रिय भएको बताउनुहुन्छ ।
शिक्षक पेशामा विद्यार्थीहरु संग मात्रै सिमित भएको बताउदै बिष्ट भन्नुहुन्छ, जीवनको आधा अंश शिक्षा क्षेत्रमा बिताए, अव जनप्रतिनिधिको रुपबाट गरिब, निमुखा र विपन्न जनताको सेवागर्ने धोको छ ।

उपाध्यक्षमा निर्वाचित भएमा गाउँपालिकाका महिला दिदिबहिनीहरुका लागी नविनतम कार्यक्रम मार्फत महिला हिंसा, लैंङ्गिक हिंसा, पुरुष र महिला बिचको विभेद अन्त्य गर्न म कतिबद्ध भएर लाग्नेछु । गाउँपालिकामा आवाज विहिनहरुको आवाज उठाउदै विपन्न वर्गको पहुँचमा वृद्धि गर्ने उहाँले बताउनुभयो ।
जनप्रतिनिधि सरल हुनुपर्ने बताउदै बिष्टले भन्नुभयो, चुनावमा कुनै दलबाट उमेदवार भएपनि उपाध्यक्ष विजयी भएपछि म सबैको प्रतिनिधि भएर काम गर्नेछु ।

Leave A Reply

Your email address will not be published.