नेपाली कांग्रेस माओवादीको समुह हो : ज्ञानेन्द्र शाही

dream cafe
learnar

डडेल्धुरा

नेपाली काग्रेस नेकपा माओवादी केन्द्रको समुहमा परिणत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बताउनुभयो । शुक्रबार मिडिया नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले सत्तालोप र कुर्सीबाट बाहिरिने डरले कांग्रेस माओवादीको कब्जामा गएकोे बताउनुभयो ।
कांग्रेस देशभर कमजोर रहेको बताउदै शाहीले बर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण आर्थिक प्रलोभन देखाउदै स्वतन्त्र उमेदवार रहेका काग्रेस निकट व्यक्तिलाई फिर्ता बोलाउनमा सक्रिय रहेको बताउनुभयो । धम्की र सत्ताको बलमा उमेदवारी फिर्ता गर्न गृहमन्त्री व्यस्त रहनु लज्जा भएको छ, शाहीले भन्नुभयो ।

GBL NEW

कुनै विधि र कानुन नटेकी कांग्रेस पार्टीको निवर्तमान जिल्ला सभापति कर्ण मल्ललाई तानाशाह शैलीबाट कारवाही गरि पार्टीबाट निस्कासित गर्नुले कांग्रेस पार्टी कति लोकतान्त्रीक पार्टी हो भन्ने प्रष्ट पारेको छ । मुलुकमा भ्रष्टाचार गर्नमा लिप्त सरकारले देश आर्थिक भारमा रहेको वाहानामा जेठ १ गते देखी साताको २ दिन बिदा दिने नाटक मञ्चन गरिरहेको उहाँले बताउनुभयो ।

पाँच चोटी प्रधानमन्त्री पाएको जिल्लाको पुर्वाधार र सामाजिक विकास हेर्दा लाज लागेर आयो, उहाँले भन्नुभयो, पुर्वकालका राजा भन्दा पनि बढी हुकुमी शैलीका देउवा निर्वाचित भएपछि मतदाता समक्ष आउन नसक्नुले उहाँ जिल्लाबासी प्रति कतिको चिन्तित छन् भन्ने प्रष्ट हुन्छ । बाढीको क्षतीले आपत विपतमा परेका जनतालाई राहात सम्म दिन नसक्नेबाट धेरै विकासको आशा नराख्न डडेल्धुराका जनतालाई अनुरोध गर्नुभयो । गोबर, कुहिएको आलु र माटोको मिश्रणको संज्ञा दिदै शाहीले अहिलेको गठबन्धन अपवित्र रहेको बताउनुभयो ।

शाही राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले बैशाख १६ गते जिल्ला सदरमुकामको बसपार्कमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न डडेलधुरा आउनु भएको हो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.