बोहरा मेडिको सेन्टर

एमाले डडेल्धुराको अध्यक्षमा शाही, यस्तो छ उनको विगत

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्।

एमाले डडेल्धुराको ९ औं अधिवेशनबाट अध्यक्षमा शाही सर्वसम्मत चयन भएका हुन्।

CNA

तर, निर्वाचन कमिटीले भने आधिकारिक घोषणा गर्न बाँकी छ। स्रोतका अनुसार शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको भएपनि अन्य पदमा सहमति जुटाउन नेताहरू छलफलमा जुटिरहेका छन्।

Bohora ma 1

शाही गन्यापधुरा गाउँपालिका-३ सकायलका हुन्। शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्।

उनी त्यसपछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए।

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा  सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए।

उनी ०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए। संक्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही जिल्ला संयोजकको रूपमा रहेका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.