बोहरा मेडिको सेन्टर

अब जनप्रतिनिधि भएर जनताको सेवा गर्छु : बिष्ट

dream cafe
learnar

डडेल्धुरा
नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा डडेल्धुरा जिल्ला ईन्चार्ज नर बहादुर बिष्ट गन्यापधुरा गाउपालिकाबाट अध्यक्ष पदमा उमेदवार बन्नुभएको छ । वि.स. २०३४ सालबाट राजनितिमा सक्रिय भएका बिष्ट नेकपा एकिकृत समाजवादीको कलम चिन्हबाट चुनावमा होमिनु भएको हो ।

उहाँ २०४७ मा तत्कालिन माले पार्टी हुदै २०४८ मा नेकपा एमाले जिल्ला कमिटी सदस्यको भुमिकामा रहि तत्कालिन नेकपा एकालेको महाधिवेशसन प्रतिनिधि, जिल्ला विकास समिति सदस्य हुदै जिल्ला कमिटी सचिवालय सदस्यको भुमिका निर्वा गर्नुभएको हो । राजनितिमा सफा मन र ईमान्दार रही काम गर्ने बिष्टले तत्कालिन समयमा जिल्ला विकास समिति सदस्य हुदा भ्रष्टाचार विरुद्धको अभियान चलाएको बताउनुहुन्छ ।

CNA

भ्रष्टाचारमा लुप्त केही कर्मचारीहरुमाथी निगरानी गरिएको बताउदै बिष्टले भन्नुभयो, तत्कालिन जिल्ला विकास समितिमा कार्यरत केही कर्मचारीहरुले भ्रष्टाचार गरेको थाहा पाएपछि मैले आवाज उठाए अनि उहाँहरु जागरिबाट भाग्नुपर्ने स्थिति हायो । म भ्रष्टाचारमा शुन्य सहनसिलता चाहाँन्छ, बिष्टले भन्नुभयो । वि.स. २०६२, ०६३ को जनआन्दोलनमा उहाँले ३८ दिन जेल जिवन बिताउनु भएको हो ।

GBL NEW

राजनितिमा हुदा सामाजिक सेवा गरियो । अब प्रत्यक्ष रुपमा जनताको सुख र दुखको साथ दिनलाई जनप्रतिनिधिको भुमिका रोजेको बिष्ट बताउनुहुन्छ । राजनितिको लामो अनुभव भएकाले स्थानिय जनताको सेवाका लागी आफु मितव्ययी र सरल व्यक्तिको रुपमा रहन उहाँ विश्वास दिलाउनुहुन्छ । बिष्ट उमेदवार हुनु भएको पालिका तत्कालिन प्रभानमन्त्रि शेर बहादुर देउवाको गृह पालिका हो ।

जहाँ काग्रेस भित्रबाट बिद्रोह गरेको नेपाली काग्रेस विपिले समेत नेकपा एमाले संग तालमेल गरेर उमेदवार खडा गरेको छ । नेपाली काग्रेस विपिबाट सुरेन्द्र माली उमेदवार हुनुहुन्छ । पार्टीभित्र दख्खल राख्ने नेपाली काग्रेसका निवर्तमान जिल्ला सभापति कर्ण मल्लको साथ विपि काग्रेसलाई रहेको छ ।

काग्रेस बिचको आन्तरीक द्धन्दका बिच नेकपा एकिकृत समाजवादीका बिष्टले बाजी मार्ने सम्भावना देखिएको स्थानियको भनाई छ । बिष्ट निकट पार्टीले नेकपा माओवादी केन्द्र संग तालमेल गरि चुनावी दौडमा रहेका छन् ।

Ddl dental
Leave A Reply

Your email address will not be published.