नेतृत्व ईमान्दार हुनुपर्छ : भण्डारी

dream cafe
learnar

डडेल्धुरा । नेकपा एकिकृत समाजवादीको तर्फबाट अमरगढी नगरपालिका डडेल्धुराको नगरप्रमुख पदका उमेदवार संगिता भण्डारी नेतृत्व ईमान्दार हुनुपर्ने बताउनुहुन्छ । जनताका सुख र दुखको बेला प्रत्यक्ष सरोकार भएको स्थानिय तहका जनप्रतिनिधि जनताप्रति ईमान्दार हुनुपर्ने उहाँको भनाई छ ।
नेतृत्व तहमा महिलाले अवसर पाएमा ईमान्दारिताका साथ काम गर्नेमा उहाँ विश्वास दिलाउनुहुन्छ । तत्कालिन २०७४ को निर्वाचनमा अमरगढी नगरपालिकाको उपप्रमुख पदमा विजय प्राप्त गरि ५ वर्षे कार्यकाल पुरा गरेका भण्डारी आसन्न निर्वाचनमा नगरप्रमुख पदका लागी चुनावी मैदानमा हुनुहुन्छ । उपप्रमुख हुदा स्थानिय सरकार संचालन ऐनको दायर भित्र रहि कुशल कार्यकाल निर्वाह गर्नु भएकाले उहाँलाई प्रमुख पदमा सर्वसम्वत रुपले अगाढी बढाइएको नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला ईन्चार्ज नर बहादुर बिष्टले बताउनुभयो । अमरगढीले कुशल र ईमान्दार प्रतिनिधि पाएको बताउदै बिष्टले महिला दिदिबहिनिको साथ र सहयोग अझै बढ्ने विश्वास दिलाउनुभयो ।

GBL NEW

महिलाको तर्फबाट प्रमुख पदका लागी चुनावी दौडमा रहनु भएका भण्डारी प्रति जनताको सद्भाव सकारात्मक रहेको नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले बताउनुभयो । नगरप्रमुख पदमा विजयी भई नगरको विकास र जनताको सेवामा समर्पित हुने भण्डारीको अठोट रहेको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.