
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीका सहमहामन्त्री हरि ढकालका अनुसार साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा आवश्यक समन्वय र सहजीकरण गर्न हरेक दिन पार्टीका दुई जना प्रतिनिधि केन्द्रीय कार्यालयमा रहने व्यवस्था गरिएको छ ।
तीमध्ये कम्तीमा एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा उपस्थित रहने जनाइएको छ ।
रास्वपाले अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

