बोहरा मेडिको सेन्टर

निर्वाचनमा ‘ह्याट्रिक’ गरेका बैतडीका भण्डारी तेस्रो पटक मन्त्री

dream cafe
learnar

धनगढी : यसअघि अर्थ राज्य मन्त्री र उद्योग मन्त्रालयको नेतृत्व सम्हालिसकेका दामोदर भण्डारी फेरि मन्त्रीको रूपमा सिंहदरबार प्रवेश गरेका छन्।

उनी नयाँ सरकारमा उद्योग मन्त्रीका रूपमा दोहोरिएका हुन्। २०७९ मङ्सिरमा भएको निर्वाचनमा सुदूरपश्चिम एमालेबाट बैतडीमा भण्डारी र कञ्चनपुरमा तारालामा तामाङ मात्रै निर्वाचित भएका थिए।

CNA

एमाले सुदूरपश्चिमबाट भण्डारी र तामाङ गरी २ जना मात्रै प्रतिनिधि सभा सदस्य छन्। निर्वाचनलगत्तै भण्डारी उद्योगमन्त्रीका रूपमा नियुक्त भएका थिए।

सत्ता समीकरण फेरिएसँगै उनी मन्त्रीबाट हटेका थिए। अहिले प्रचण्डले पुरानै समीकरण बनाएपछि गठन भएको मन्त्रिमण्डलमा भण्डारी फेरि दोहोरिएका हुन्।

को हुन भण्डारी ? 
२० कार्तिक २०३० मा पाटन नगरपालिका –६ मा जन्मिएका भण्डारीले २०४६ सालदेखि नै राजनीति सुरु गरेका थिए। २०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए।

Bohora ma 1

त्यसपछि क्रमशः २०५४मा जिल्ला कमिटी उपसचिव, २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको सचिव बने । पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि भण्डारीले एमाले बैतडीको अध्यक्षको जिम्मेवारी पाए।

विद्यार्थी राजनीतिबाट उदाएका भण्डारीले पार्टीको सक्रिय राजनीतिमा लगातार जीत निकाल्दै आएका छन्। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट जीत हासिल गरेका भण्डारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सहजै जीत हात पारेका थिए।

यस्तै २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारीले प्रतिनिधि सभाको निर्वाचनमा पनि ह्याट्रिक गरी सकेका छन्।

२०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक अर्थ राज्यमन्त्री बनेका भण्डारी २०७० को निर्वाचनमा बैतडी–१ बाट ११ हजार ६७२ मत ल्याएर पहिलोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई नरबहादुर चन्दलाई हराएका थिए।

एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्ष समेत भण्डारी अहिले पार्टीको पोलिटब्युरो सदस्य हुन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.