दुई मन्त्री पाएको नेकपा एसले एक राज्यमन्त्री पाउने

dream cafe
learnar

काठमाडौँ : मन्त्रिमण्डल विस्तारको अन्तिम समयमा नयाँ गठबन्धनमार्फत सरकारमा गएको नेकपा एकीकृत समाजवादीले दुई मन्त्रीबाहेक एक राज्यमन्त्री पाउने भएको छ।

HARDIK AGRo NEw

एकीकृत समाजवादीका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

Ird

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको सहमति अनुसार सो पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेगरी सहमति भएको नेता प्रमेश हमालले जानकारी दिए।

२५ सदस्यीय मन्त्रीमण्डलमा चार जना राज्यमन्त्री बनाउन मिल्ने भएपनि अहिलेसम्म राज्यमन्त्रीहरु नियुक्त भएका छैनन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.