कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर भागेका छोरा भारतबाट पक्राउ

dream cafe
learnar

कञ्चनपुर : दोधाराचाँदनी नगरपालिका मा भएको जघन्य हत्याकाण्डका मुख्य आरोपीलाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा नम्बर ४ सुर्खेती टोलका करिब ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया सौतेनी आमा बिन्द्रा श्रेष्ठको खुकुरी प्रहार गरी हत्या गरेका थिए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

सोही घटनामा ५० वर्षीया भगवतीदेवी माझी गम्भीर घाइते भएकी छन्।

घटनापछि फरार रहेका श्रेष्ठलाई नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको संयुक्त समन्वयमा बरेलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही ले जानकारी दिए । पक्राउपछि उनलाई कानुनी प्रक्रिया अनुसार नेपाल ल्याइएको छ।

घाइते माझीको प्रारम्भिक उपचार महाकाली प्रादेशिक अस्पतालमा गरिएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि भारतको भोजिपुरा लगिएको बताइएको छ।

प्रहरीका अनुसार पुरानो जग्गा–जमिन विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.