प्रधानमन्त्रीलाई नैनसिंह महरको पत्र : म्यादी प्रहरीलाई बेरोजगार नबनाऊ, उद्यमशीलतासँग जोड

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचनको सुरक्षामा खटिने हजारौँ म्यादी प्रहरीको भविष्य सुरक्षित गर्न सरकारसँग विशेष प्याकेजको माग गरेका छन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको ध्यानाकर्षण पत्रमा महरले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका अतुलनीय रहे पनि काम सकिएकै भोलिपल्ट उनीहरू बेरोजगार बन्नुपर्ने बाध्यता रहेको औंल्याएका हुन्।

Amargadhi Education

राज्यले युवाहरूलाई केही दिनको रोजगारी दिएर बिदाइ गर्नुको सट्टा उनीहरूको बिदाइलाई बेरोजगारीको सुरुवात नभई उद्यमशीलताको प्रस्थानबिन्दु बनाउनुपर्ने उनको तर्क छ। नेता महरले गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम तत्काल मन्त्रिपरिषद्‌बाट पारित गरी देशव्यापी रूपमा लागू गर्न जोडदार माग गरेका छन्।

युवाहरूको रुचि र स्थानीय सम्भाव्यताका आधारमा आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप र घरेलु उद्योगजस्ता तालिम दिएर उनीहरूलाई स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

यसका लागि सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने र युवा पलायन रोक्ने सुदृढ राष्ट्रिय नीति निर्माण गर्नुपर्ने महरको भनाइ छ।

अजयमेरु फाैजी केरा

यस्तो बृहत् आर्थिक तथा सामाजिक रूपान्तरणको अभियान संघीय सरकारको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै महरले बहुपक्षीय समन्वयको आवश्यकतासमेत औंल्याएका छन्।

उनले देशका विश्वविद्यालयहरूले नवप्रवर्तन र बजार अनुसन्धानमा नेतृत्व लिनुपर्ने तथा सीटीईभीटीले व्यावहारिक सीपमूलक पाठ्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

सीप सिकेर गाउँ फर्केका युवाहरूलाई बिउ पुँजी र बजार व्यवस्थापनमा प्रदेश तथा स्थानीय तहले अभिभावकत्व ग्रहण गर्नुपर्ने पत्रमा उल्लेख छ।

 सानो पुँजी र सीपबाट सुरु हुने हजारौँ स्थानीय उद्यमले देशमा व्याप्त बेरोजगारी समस्या समाधान गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ऐतिहासिक भूमिका खेल्ने महरको विश्वास छ।

उनले आफ्नो पत्रको बोधार्थ गृह, श्रम, उद्योग र अर्थ मन्त्रीलाई समेत बुझाउँदै युवा शक्तिलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याउन ढिलाइ नगर्न सचेत गराएका छन्।

निर्वाचन सकिएपछि युवाहरूलाई रित्तो हात घर पठाउने परम्परागत प्रवृत्तिको अन्त्य नभएसम्म देशको समृद्धि सम्भव नहुने दाबी महरले गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.