सुदूरपश्चिममा अमरगढी उत्कृष्ट, व्याँस पुछारमा

dream cafe
learnar

डडेल्धुरा : कार्यसम्पादन मूल्यांकनमा गत वर्ष देशभरमै उत्कृष्ट बनेको अमरगढी नगरपालिका यसपटक सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट पालिका घोषित भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये अमरगढीले ७७.७९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

नतिजाअनुसार दोस्रो स्थानमा अपिहिमाल गाउँपालिका (७६.१४ अंक), तेस्रोमा जोरायल गाउँपालिका (७५.१९ अंक), चौथोमा साइपाल गाउँपालिका (७४.०६ अंक) र पाँचौँ स्थानमा जयपृथ्वी नगरपालिका (७१.४४ अंक) रहेका छन्।

प्रदेशकै पुछारमा भने व्यास गाउँपालिका रहेको छ। व्याँसले ३७.८५ अंक मात्र प्राप्त गरेको छ।

कार्यसम्पादन मूल्यांकनमा योजना कार्यान्वयन, वित्तीय अनुशासन, सेवा प्रवाह तथा सुशासनका सूचकलाई आधार बनाइ अंक प्रदान गरिने गरिएको आयोगले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.