भीम रावलसँग भिड्दै दिपक साउद, झपटले छाडे टिकट

dream cafe
learnar

अछाम : अछामको निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक समीकरण फेरिएको छ।

उक्त क्षेत्रमा उम्मेदवारीको टिकट पाइसकेका झपटबहादुर बोहराले टिकट छाडेपछि अब एमालेको तर्फबाट दीपक साउद “तरंग” उठ्न लागेका छन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

पूर्वमन्त्री जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक समूह छाडेपछि दीपकले टिकट पाएका हुन्। उनी नेकपा नेता भीम रावलसँग फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धामा भिड्ने निश्चित भएको छ।

उता कपिलवस्तुमा काँग्रेसका वीरेन्द्र कनौडियाले पार्टी प्रवेशसँगै एमालेको टिकट लिएका छन् भने पर्सामा प्रदीप यादवले एमाले रोज्दैछन्।

झापाको निर्वाचन क्षेत्र नम्बर २ मा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाबीच नै चुनावी भिडन्त हुने भएको छ। त्यहाँ राप्रपाका स्वागत नेपालले पनि चुनावी मैदानमा उत्रिने बताएका छन्।

आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न जिल्लामा उम्मेदवार परिवर्तन, पार्टी प्रवेश र आन्तरिक शक्ति सन्तुलनले राजनीतिक वातावरण थप चर्किंदै गएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.