काँग्रेस विशेष महाधिवेशनमा ५० प्रतिशत हस्ताक्षर, बाँकी लाइनमा

dream cafe
learnar

धनगढी : नेपाली कांग्रेसका ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा रहेको पाइएको छ।

संस्थापन पक्षको वकालत गर्दै नियमित महाधिवेशनमा जोड दिदै आएका नेताहरु पनि विशेष महाधिवेशनको पक्षमा खुल्न थालेका हुन्।

Ird
HARDIK AGRo NEw

यो समाचार तयार पर्दासम्म ४९.३४ प्रतिशत प्रतिनिधिले भृकुटीमण्डप पुगेर नाम दर्ता गराइसकेका छन् । भने, केही प्रतिनिधिहरु नाम दर्ता गराउन अझै लाइनमा छन्।

कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेकोमा भोलिसम्म ६० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसक्ने विशेष महाधिवेशन व्यवस्थापन समितिको अनुमान छ।

जारी उद्घाटन समारोहमा बोल्ने अधिकांश नेताहरुले सभापति शेरहादुर देउवासहित संस्थापन पक्षका नेताहरुलाई भोलि बिहानदेखि सुरु हुने बन्दसत्रमा उपस्थित आग्रह गरिरहेको देखिन्छ।

जिल्ला सभापतिहरुको प्रतिनिधित्व गर्दै बोलेका नेता चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको पार्टीलाई लयमा ल्याएकोमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई धन्यवाद समेत दिएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.