बोहरा मेडिको सेन्टर

डडेल्धुरामा ७ दिने च्याउ उत्पादन सीप विकास तालिम सुरु

dream cafe
learnar

डडेल्धुरा : उद्यम गरौँ, रोजगार बनाऔँ भन्ने उद्देश्यका साथ डडेल्धुरामा ७ दिने च्याउ उत्पादन सीप विकास तालिम सुरु भएको छ।

घरेलु तथा साना उद्योग कार्यालय, डडेल्धुराको आयोजनामा पुस २६ गतेदेखि माघ २ गतेसम्म अमरगढी नगरपालिका–१ र गन्यापधुरा गाउँपालिका–१ का कृषक तथा उद्यमशील इच्छुकलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।

CNA

भागेश्वर कृषि फर्ममा भइरहेको तालिममा सहभागी डोटीको बोगटान गाउँपालिकाका क्षत्र साउदले तालिममा प्राप्त ज्ञान र सीप घर फर्किएपछि व्यवहारमा उतारेर व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने योजना रहेको बताए।

तालिम उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले कृषिलाई प्राथमिकतामा राखेर आत्मनिर्भर बन्ने सोच विकास गर्न आवश्यक रहेको बताए।

GBL NEW

च्याउ खेती कम लगानी, कम स्थान र छोटो समयमा आम्दानी दिने व्यवसाय भएको उल्लेख गर्दै उनले व्यावसायिक रूपमा च्याउ उत्पादन गरी उद्यमशीलता विस्तार गर्न सकिने बताए।

गत वर्ष १०–११ जना कृषकलाई आवश्यक सहयोग गरिएको स्मरण गराउँदै उनले यस वर्ष बजेट नपरे पनि आगामी दिनमा च्याउ उत्पादक कृषकलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

तालिममा विशेषगरी सिताके र कन्ये च्याउ उत्पादन, व्यवस्थापन र बजारिकरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको छ।

यी च्याउ पोषणयुक्त, बजारमा माग उच्च र किसानका लागि फाइदाजनक मानिन्छन्।

घरेलु तथा साना उद्योग कार्यालय, डडेल्धुराका प्रमुख केशव भण्डारीले तालिममा केवल सिक्नका लागि होइन, सीप लिएर स्वरोजगार बन्ने लक्ष्यसहित सहभागी हुन आग्रह गरे।

व्यवसायमा केही दुःख र चुनौती भए पनि जागिरभन्दा राम्रो प्रतिफल र आत्मसन्तुष्टि प्राप्त हुने उनले बताए।

कम लगानी र मेहनतमा स्वरोजगार सिर्जना गर्न सकिने उदाहरणका रूपमा च्याउ खेतीलाई अघि सार्दै, तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना र उद्यम विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.