बोहरा मेडिको सेन्टर

हाकिम विहीन पञ्चेश्वर, अध्यक्ष गोरखबहादुर एक महिनादेखि मन्त्रालय धाउँदै

dream cafe
learnar

बैतडी : पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख प्रशासकीय अधिकृतको खोजीमा एक महिनादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका छन्।

कात्तिक अन्त्यतिर मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीलाई सरुवा गरेपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो। प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाज ठप्प भएको गाउँपालिका अध्यक्ष चन्दले बताए।

CNA
GBL NEW

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था मिलाइदिन पटक–पटक अनुरोध गरे पनि मन्त्रालयका कर्मचारीले बेवास्ता गर्दै आएका छन्। ‘प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्दा मन्त्रालयका कर्मचारीले ध्यानै दिएनन्,’ उनले भने, ‘उता पालिकामा प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीका कामकाज ठप्प छन्।’

उनले मन्त्रालयले सरुवा गर्दा पालिकाको अनुमति समेत नमागेको गुनासोसमेत गरे। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर भएको दुई महिना नपुग्दै धामीको सरुवा गरेको हो। धामीलाई कात्तिक अन्तिम साता बैतडीकै मेलौली नगरपालिकामा सरुवा गरिएको हो।

गाउँपालिकाको सबै कामकाज रोकिएको भन्दै अध्यक्ष चन्दले यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका छन्। दुई दिनभित्र प्रमुख प्रशासकीय अधिकृत नआए मन्त्रालयमै आमरण अनशन बस्ने चेतावनीसमेत उनले दिएका छन्। जेन–जी सरकारले आए पनि सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको रवैया नफेरिएको उनको गुनासो छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.