बोहरा मेडिको सेन्टर

सम्मानजनक एकतामात्र सम्भव, विलयको स्वरूपको प्रस्ताव उज्यालो नेपालको अस्वीकार

dream cafe
learnar

डडेल्धुरा :  उज्यालो नेपाल पार्टीले सबै वैकल्पिक राजनीतिक शक्तिको सहअस्तित्व सुनिश्चित हुने आधारमा मात्र एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले कुनै पनि दलसँग विलय नभई सम्मानजनक एकता मा जोड दिने निष्कर्ष निकालेको हो।

CNA
GBL NEW

बैठकले वैकल्पिक तथा अग्रगामी राजनीतिक शक्तिहरूलाई एकताका लागि आह्वान गर्दै त्यससम्बन्धी वार्ताको पूर्ण अधिकार पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायलाई प्रदान गरेको छ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँगको एकता प्रयासबारे विस्तृत छलफल पनि भएको थियो। रास्वपाले एकीकृत पार्टीको सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र आगामी प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई अघि सार्ने तथा पार्टीको नाम र प्रतीक रास्वपाकै रहने प्रस्ताव अघि सारेको थियो।

तर, उक्त प्रस्तावले उज्यालो नेपाल पार्टीको अस्तित्व समाप्त हुने भन्दै पार्टीले त्यसलाई अस्वीकार गरेको बैठकमा जानकारी दिइयो। संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व मेटेर एकता सम्भव नहुने स्पष्ट पारेका थिए।

पार्टी प्रवक्ता राजु थापाले उज्यालो नेपाल सधैं एकताको पक्षमा रहेको उल्लेख गर्दै सबै वैकल्पिक शक्तिलाई सहकार्यका लागि आह्वान गर्ने निर्णय भएको बताए। बैठकले देशको राजनीतिक निकासका लागि छरिएका वैकल्पिक शक्तिहरू मिल्नुपर्ने निष्कर्ष निकालेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.