डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते

dream cafe
learnar

डडेल्धुरा: दाङमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो ।

Bohora madico
HARDIK AGRo NEw

बिहीबार बिहान करिब ३ बजे बस दुर्घटनामा परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। दुर्घटनामा २२ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाएको छ। घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । २२ जना घाइतेलाई उपारका लागि लमही अस्पताल लगिएको छ।

जसमध्ये दुई जनालाई थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। बस दुर्घटनाका कारण के हो भनेर अनुसन्धान पनि भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिएका छन्।

बसमा ३८ जना सवार थिए। प्रहरी निरीक्षक पाण्डेयका अनुसार पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयानका क्रममा बस चालकले बयान दिएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.