
डडेल्धुरा : अजयमेरु गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझाको जिल्ला समन्वय समिति डडेल्धुरामा सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार ओझासहित देशभरका १० वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन्।


यसैगरी, डिभिजन वन कार्यालय डडेल्धुरामा कार्यरत वन अधिकृत राजेश कुमार शाहलाई पनि वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरी सरुवा गरिएको छ।
मन्त्रालयले आज मात्रै प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत, विद्यालय निरीक्षक, मालपोत अधिकृत, वन अधिकृत, नापी अधिकृत र कम्प्युटर अधिकृत गरी कुल ४० जना शाखा अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरेको हो।
सोही निर्णय अनुसार तीन जना प्रमुख प्रशासकीय अधिकृत र सात जना उपसचिवको समेत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।



