डडेल्धुराका वीरबहादुर ठगिए, ‘अन्तर–मन्तर’ गर्ने बाबा गहना लिएर फरार

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडाका वीरबहादुर साउँद एक अपरिचित बाबाबाट ठगिएका छन्।

अमरगढी नगरपालिका-३ स्थित असिग्राम मन्दिरमा बस्ने बाबाबाट साउँद ठगिएका हुन्।

Ird

८-१० दिनदेखि ती बाबा असिग्राम मन्दिरमा बस्दै आएका थिए। हिजो वीरबहादुरको घर पुगेर उनले ठगेको पीडितको आरोप छ।

HARDIK AGRo NEw

केही महिना अघि श्रीमती गुमाएका साउद शोकमा रहेका बेला ती बाबाले आत्मा भड्केको भन्दै ‘अन्तर-मन्त्र गरी आत्मा शान्ति गरिदिन्छु’ भनेर महिलाको धोती र गहना मगाएको पीडितको भनाइ छ।

बाबाको विश्वासमा परेका साउदले आवश्यक सामान बुझाइदिएपछि उक्त व्यक्तिले गहना लगेर फरार भएका हुन्।

‘एक छोराको बिहे पनि भएको छैन्। श्रीमती पनि मरिन्। बाबाले आत्मा भड्केको भन्दै अन्तर-मन्त्र गरि आत्मा शान्त गर्नुपर्छ भनेपछि विश्वास लाग्यो,’ उनले भने, ‘धोती र गहना मगायो। मन्त्र सकिएपछि  एक तोला गहना (जन्तर)को पातो धोतीमै बाँधेर राख्दिनु भने। पछि हेर्दा भेटिन। उसले लगेर भागिसकेछ।’

हिजो नै साउदले आफू ठगिएको भन्दै प्रहरीमा खबर गरिसकेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.