प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको बैठक सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति डडेल्धुरामा सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकमा अमरगढी नगरपालिका डडेल्धुराका उपप्रमुख, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख भीम प्रसाद कँडेल लगायत सरोकारवाला सहभागी रहेको थियो।

Ird

बैठकमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल डडेल्धुराका जिल्ला संयोजक तेज महरले डडेल्धुरा जिल्लामा गरिएका गतविगतका कामकाज तथा प्रगति र उपलब्धी बारे जानकारी गरेका छन्।

केन्द्रले जल, जमिन, जङ्गलसित सम्बन्धि बहुसरोकारवाला विवादलाई माकुरा पद्धतिमा समुदाय स्तरमा समाधान गर्दै आएको छ।

HARDIK AGRo NEw

जिल्ला कार्यक्रम संयोजक महरले प्रस्तुत गरेको प्रस्तुती अनुसार अधिकांस विवादहरु जंगलको सिमाना र पानीको रहेको छ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा विभिन्न खाले विवादहरु समाधान गर्न सफल भएको छ।

द्धन्द समाधानपछि समुदायबीच सम्बन्ध सुधार, विकास निर्माणका कार्य सुचारु, जीविकोपार्जनमा सहयोग, भौतिक पूर्वाधार निर्माणका संरचना निर्माणका कार्य भएको छ।

बैठकमा समन्वय समिति प्रमुख भण्डारीले सरोकारवालासित मिलेर समुदाय स्तरमा शान्तिपूर्ण रुपमा विवाद समाधान गरिनु राम्रो भएको बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.