बोहरा मेडिको सेन्टर

डडेल्धुराका लालसिंह प्रहरीको फन्दामा, थिए फरार

dream cafe
learnar

डडेल्धुरा : अदालतको फैसलाअनुसार फरार रहेका एक अभियुक्त डडेल्धुरामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–४ का ४२ वर्षीय लालसिंह भाट रहेका छन।

GBL NEW

भाटलाई जातीय विभेद तथा भेदभाव मुद्दामा २ महिना १४ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। तर उनी फरार थिए। प्रहीले उनलाइ हिजो घरबाटै पक्राउ गरेको हो।

CNA

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

अदालतले फैसला गरिसके पनि फरार रहेका भाटलाई पक्रेर आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.