नेपाली बलर सामु निरीह बन्यो नेदरल्यान्डस, १२० रनमा अलआउट

dream cafe
learnar

काठमाडौँ : टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो।

Amargadhi Education

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए। उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए।

अजयमेरु फाैजी केरा

त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए। कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए।

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए। आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए।

त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए।

यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए। दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.