बोहरा मेडिको सेन्टर

डडेल्धुराका मडैविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मडैले समितिको चेकमा किर्ते हस्ताक्षर गरी करिब २० लाख १५ हजार रुपैयाँ हिनामिना गरेका थिए।

CNA

२०७८ मंसिर १० गतेको समितिको बैठकको नक्कली प्रतिलिपि तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारीविना चेकमा किर्ते हस्ताक्षर गरिएको अख्तियारले जनाएको छ।

GBL NEW

उक्त रकममध्ये दुई लाख रुपैयाँ पछि कोषमा फिर्ता गरिएको भए पनि बाँकी १८ लाख १५ हजार रुपैयाँ नफिर्ता गरेपछि अख्तियारमा उजुरी परेको थियो।

स्थलगत मुचुल्का, डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदन र फरेन्सिक परीक्षणका आधारमा मडैको किर्ते प्रमाणित भएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मडैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र सोही बराबर जरिवानाको मागसहित आरोपपत्र दायर गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.