डडेल्धुराको नवदुर्गा–५ चामामा आजदेखि वडा स्तरीय भलिबल प्रतियोगिता

dream cafe
learnar

डडेल्धुरा : सरस्वती गाउँ सुधार युवा क्लब, नवदुर्गा–५ चामाको आयोजनामा आजदेखि खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता  कात्तिक ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने क्लबले जनाएको छ।

Ird

‘हाम्रो गाउँ हाम्रो परिचय, युवा मिलौं गाउँ बनाऔं’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

HARDIK AGRo NEw

प्रतियोगिताको पहिलो पुरस्कार ४० हजार, दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार १० हजार रहेको आयोजकले जानकारी दिएको छ।

सहभागी टोलीहरूले प्रवेश शुल्कका रूपमा ४ हजार बुझाउनुपर्नेछ।

खेलाडीहरूले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने परिचयपत्र साथमा ल्याउनुपर्ने नियम तोकिएको छ।

सो प्रतियोगिता गाउँकै युवाहरूले खेलकुदको माध्यमबाट एकता, सहकार्य र सामाजिक चेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.