बोहरा मेडिको सेन्टर

शव विपिनकै भएको डीएनएबाट पुष्टि, दुई वर्ष अघि नै भएको थियो हत्या

dream cafe
learnar

डडेल्धुरा : हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ। इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरेको हो

हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हुत्या भएको डीएनए परीक्षणले देखाएको छ।

CNA
GBL NEW

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिरै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावासले जनाएको छ।

उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) र सैनिक रब्बिनेटको सहकार्यमा सैनिक अस्पताल लगेर डीएनए परीक्षण गरेको थियो।

विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरिएको थियो। युद्धको पहिलो महिनामा बन्धक अवस्थामै हत्या गरिएको हुन सक्ने आइडीएफले दाबी गरेको छ।

आइडीएफले परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतक बन्धकका शव दाहसंस्कारका लागि परिवारलाई फिर्ता गर्ने बताएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.