कैलालीका वडाध्यक्ष साउद, जसले जेन्जी भन्दै युवाको टाउको फुटाले

dream cafe
learnar

धनगढी : कैलालीका एक युवा वडाध्यक्षले भौतिक आक्रमण गर्दा घाइते भएका छन्।

घोडाघोडी नगरपालिका–८ का वडाध्यक्ष वीरबहादुर साउदको आक्रमणबाट स्थानीय सुनिल खड्का घाइते भएका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

विकाससम्बन्धी प्रश्न गरेपछि आफूमाथि वडाध्यक्ष साउदले टाउकोमा ढुङ्गाले हानेको उनले आरोप लगाएका छन्।

उनकोे टाउकोमा ८ टाँका लगाइएको छ।

‘वडाध्यक्षलाई मैले तपाईँको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ ? भनेर प्रश्न गरेको थिएँ, उहाँले केहीबेरपछि तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हान्नुभयो,’ उनले भने, ‘यो जेन्जीको आन्दोलन गर्ने मान्छे हो यसले गर्दा हाम्रो वडा पनि जल्यो यसलाई मार्नुपर्छ भनेर २ जनालाई मेरो पछाडि लगाइयो।’

वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी परेको छ। वडाध्यक्ष साउद पक्राउ परिसकेको डीएसपी रमेशदत्त अवस्थीले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.