
कञ्चनपुर : जेनजी आन्दोलनको क्रममा कञ्चनपुर कारागारबाट फरार भएका एक कैदी आफ्नै घरमा मृत फेला परेका छन् ।
बेलडाँडी गाउँपालिका–१ का २६ वर्षीय पदमराज भट्ट शनिबार बिहान घरमै मृत अवस्थामा भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भट्ट लागुऔषध मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गर्दै आएका थिए । अदालतले उनलाई पाँच वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।
कारागारबाट भागेपछि भाद्र २६ गते गाउँमै स्थानीयहरूसँग झगडा भएको खुलेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि बेलौरी अस्पताल लगिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




