गोपाल हमालको आग्रह : आन्दोलनलाई अराजक नबनाऔँ, सार्वजनिक सम्पत्ति जोगाऔँ

dream cafe
learnar

धनगढी : धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले जारी आन्दोलनलाई अराजक नबनाउन र देशको सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन सर्वसाधारणसँग आग्रह गरेका छन्।

अजयमेरु फाैजी केरा

मंगलबार सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश सार्वजनिक गर्दै मेयर हमालले संयमता अपनाउन आह्वान गरेका हुन् । उनले भने, “आन्दोलनले एक निकास लिएको छ, हिजो जनको क्षति भएको छ, आज धनको क्षति भएको छ। आन्दोलनलाई अराजक नबनाई अब सार्वजनिक सम्पत्ति नोक्सान नगर्न हुन सम्पूर्णमा अनुरोध गर्दछु।”

Amargadhi Education

उनले नागरिकको आवाज र आन्दोलित भावनाप्रति संवेदनशील रहँदै आन्दोलनलाई शान्तिपूर्ण र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। हमालका अनुसार जनताको आक्रोशलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने भए पनि सार्वजनिक सम्पत्ति जोगाउनु सबैको साझा जिम्मेवारी हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.