बैतडीमा किरियापुत्री पाँच दिनदेखि भोकै

dream cafe
learnar

बैतडी: यहाँका एक मुक्त हलिया किरियापुत्री पाँच दिनदेखि भोकै बसेको पाइएको छ।

घरमा अन्नपात केही नहुँदा एक छाक खान समस्या परेपछि छिमेकीले दुई सय रुपियाँ सहयोग गरेर शक्रबार किरियापुत्रीलाई एक छाक अन्नको जोहो भएको छ।

Amargadhi Education

त्यति मात्रै होइन, घरमा खानेपानीको धारा र शौचालयसमेत नहुँदा किरियापुत्री समस्यामा परेका छन्। दशरथचन्द नगरपालिका–४, बाडिलेकका ३० वर्षीय मुकेश भुल आमाको किरियामा भोकभोकै बस्नुभएको थाहा पाएपछि दुई सय रुपियाँ सहयोग गरेको मुक्त हलिया राजुराम भुलले बताए।

अजयमेरु फाैजी केरा

किरियापुत्री मुकेश सुस्त मनस्थितिका भएको उनले बताए। उनकी ७५ वर्षीय आमा किडी भुलको पाँच दिनअघि मृत्यु भएको थियो । मृतक किडी भुलले मागेरै गुजारा गर्दै आर्एका थिए।

मृत्युपछि शद्गतका लागि छिमेकीले दशरथचन्द नगरपालिकाको सहयोगमा ट्याक्टर उपलब्ध गराएर महाकालीकिनारको सेरामा किडी भुलको दाहसंस्कार गरिएको थियो।

किडी भुललाई नेपाल सरकारले बस्नका लागि जनता आवासको घर बनाइदिएको थियो। शौचालय र पानीको धारा जोड्ने आर्थिक हैसियत नहुँदा भने किडी भुलले जीवनभर छिमेकीसँग पानी मागेर खानुभएको थियो। बाडीलेकको मुक्त हलिया बस्तीमा आफू जस्तै अधिकांश हलियाको घरमा खानेपानीको धारा नभएको किरियापुत्री मुकेश भुलले बताए।

मुकेश भुल सुस्त मनस्थितिको भएकाले आमाको सहारामा बाँच्नुभएको थियो। आमाको सामाजिक सुरक्षा भत्ताले चामलको जोहो हुँदै आएको थियो ।

यसअघि यही बस्तीमा प्रेम भुलको मृत्यु भएपछि कात्रो किन्ने पैसा नहुँदा बजारवासीले चन्दा उठाएर दाहसंस्कार गर्न सहयोग गरेका थिए। हलिया मुक्तिपछि अधिकांश परिवार सडक किनारमा गिट्टी कुटेर गुजारा गर्दै आइरहेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.