अछामका ४ हजार घरधुरी अझै अन्धकारमा, काठमाडौंमा बोलन्या थलीको लालटिन आन्दोलन

dream cafe
learnar

डडेल्धुरा : अछामका करिब ४ हजार घरपरिवार अझै पनि बिजुलीबिनै अन्धकारमा बस्न बाध्य भएपछि बोलन्या थलीले काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार लालटिन आन्दोलन गरेको छ।

आन्दोलनका संयोजक यादव जोशीले तुर्माखाँद गाउँपालिकाको भुलु र रहफ, ढकारी गाउँपालिकाको बलाता, कमलबजार नगरपालिकाको कवाल्लेक, जामा र फलटाने क्षेत्रमा बसोबास गर्ने करिब ४ हजार परिवारलाई तत्काल विद्युतीकरण गर्न माग गरिएको बताए।

बोहरा मेडिको सेन्टर

GBL NEW

डडेल्धुराको गन्यापधुरा–२ निवासी जोशी पश्चिम सेती जलविद्युत आयोजना निर्माण संघर्ष समितिका प्रमुख समेत हुन्। उनले यसअघि पश्चिम सेती अभियान, डोको अभियान, प्रधानमन्त्रीलाई एक लाख पत्र अभियान, बैल गाडा अभियान र जातीय विभेदविरुद्ध अभियान सञ्चालन गरिसकेका छन्।

त्यस्तै, कोरोना महामारीका बेला प्राण सुरक्षाका लागि पाँच सय अभियान चलाएका उनले डडेल्धुरामा पुइलेक विमानस्थल निर्माण, सडक स्तरोन्नति र अन्य विकास अभियानमा समेत नेतृत्व गरेका छन्।

सुदूरपश्चिमको कला र संस्कृतिको प्रवर्द्धनका लागि जोशीले ‘बोल बोल बोलन्या थली’ गीतसमेत बजारमा ल्याइसकेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.