अपांग विद्यार्थीको साथमा अमरगढी कांग्रेस, वीपी स्मृति दिवसमा खाद्यान्न सहयोग

dream cafe
learnar

डडेल्धुरा : वीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस अमरगढी नगर कार्य समितिले असिग्राम प्रावि, सेलागाउँमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरूलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरेको छ।

नगर कार्य समितिका अनुसार अमरगढी–५ मा रहेको विद्यालयका बौद्धिक तथा शारीरिक अपांगता भएका विद्यार्थीहरूका लागि करिब दुई महिना पुग्ने खाद्यान्न सामग्री सहयोग स्वरूप प्रदान गरिएको हो।

Bohora madico

कार्यक्रममा नगर समिति सचिव देवकी भट्टले अपांगता भएका विद्यार्थीहरू अध्ययनरत यस विद्यालयलाई वीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर सहयोग गरिएको जानकारी दिइन्।

HARDIK AGRo NEw

नगर सभापति खेमराज भट्टले पार्टीको केन्द्र तथा जिल्ला कार्य समितिको निर्देशनमा स्मृति दिवसको सन्दर्भमा रक्तदान, विचार गोष्ठी लगायतका कार्यक्रमहरू समेत आयोजना गरिएको जनाउँदै, यसपटक आर्थिक रुपमा कमजोर र अशक्त विद्यार्थीहरूलाई लक्षित गर्दै खाद्यान्न वितरण गरिएको बताए।

उनले अन्य दातृ निकाय र व्यक्तिहरूलाई पनि विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरूलाई सहयोग गर्न आग्रह गरे।

विद्यालयका प्रधानाध्यापक शकुन्तला भट्टका अनुसार कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा हाल ६२ जना विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ७ जना बौद्धिक तथा शारीरिक अपांगता भएका छन्।

नेपाली कांग्रेसले वीपी कोइरालाको स्मृति दिवस देशभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ।

साहित्यिक क्षेत्रमा समेत उल्लेखनीय योगदान दिएका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते उनकाे निधन भएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.