ओलीको निसानामा कर्ण थापा, कारबाहीको तयारी !

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेको पोलिटब्युरो बैठकमा विधानसम्बन्धी फरक छपाइको विषय उठाएका स्थायी कमिटी सदस्य कर्ण थापा अध्यक्ष केपी शर्मा ओलीको निशानामा परेका छन्।

थापाले ‘विधान फरक–फरक छपिएको छ’ भन्ने प्रश्न उठाएपछि ओलीले ती संस्करणहरू मागे।

GBL NEW

थापाले भने, ‘घरमा छ, भोलि ल्याउँछु।’

यसमा ओली झोक्किएर बोले, ‘पार्टीको विधानको कुरा देश–विदेशमा सुनाउनुपर्ने हो र? यदि छपाइमा त्रुटि भएको हो भने त्रुटि गर्ने, नभए उठाउनेलाई कारबाही हुन्छ।’

थापाले प्रतिप्रश्न गरे, ‘म कुरा उठाउँछु, मलाई के कारबाही हुन्छ त?’ जवाफमा ओलीले भने, ‘त्यो कुरा भोलि थाहा हुन्छ।’ त्यसपछि थापा मौन बसे।

एक नेताका अनुसार, ‘अध्यक्षज्यू जुन मुडमा हुनुहुन्थ्यो, त्यसअनुसार शनिबारको बैठकमा कर्ण थापामाथि कारबाहीको प्रस्ताव आउन सक्छ।’

यसअघि सचिवालय बैठकले ७० वर्ष उमेर सीमा र २ कार्यकालभन्दा बढी कार्यकारी पदमा नरहने व्यवस्था हटाउने ओलीको प्रस्ताव बहुमतले पास गरेको थियो।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवालीले विरोध गरे पनि प्रस्ताव अघि बढाइएको थियो।

शुक्रबारको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले भने, ‘सचिवालयको बैठकमा कुनै फरक मत थिएन।’

तर कर्ण थापाले ‘विधान फरक छपिएको’ भन्दै बैठकमा पुनः प्रश्न उठाएपछि ओली चिडिएका थिए।

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीमा सक्रिय फर्किएको घोषणा गरे पनि सचिवालय वा पोलिटब्युरो बैठकमा उनको भूमिकाबारे अहिलेसम्म औपचारिक छलफल नभएको नेताहरूको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.