डडेलधुरा अस्पतालमा असोज मसान्तसम्म मात्रै प्रथम सेवा विन्दु !

dream cafe
learnar

डडेलधुरा : स्वास्थ्य बीमा बोर्डले डडेलधुरा अस्पताललाई आगामी २०८२ असोज मसान्तसम्मका लागि स्वास्थ्य बीमाअन्तर्गत प्रथम सेवा विन्दु तथा रिफरल सेन्टर दुवैको रुपमा सेवा दिन निर्देशन दिएको छ।

स्वास्थ्य बीमा बोर्डले संघीय, विशेषज्ञ, विशिष्टीकृत अस्पताल तथा प्रतिष्ठानहरुलाई साधारणतया प्रेषण केन्द्रको रुपमा मात्र राख्ने व्यवस्था गरे पनि बीमितको सुविधालाई मध्यनजर गर्दै यस्तो अस्थायी व्यवस्था गरिएको हो।

GBL NEW

प्रथम सेवा विन्दुको स्पष्टता माग गरिएको सन्दर्भमा यो निर्णय गरिएको स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए।

उनका अनुसार  डडेलधुरा अस्पतालले स्वास्थ्य बीमित नागरिकलाई पहिलो चरणमा सेवा दिने र  आवश्यक परेमा रिफरलमार्फत अन्य अस्पतालमा सिफारिस पनि गर्न सक्नेछ।

यसअघि साउन १ देखि डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय बिमा बोर्डले गरेपछि सर्वत्र विरोध भइरहेको छ।

डडेलधुरा अस्पताल सुदुरपश्चिम प्रदेशको एक मात्रै संघीय अस्पताल हो। यसले  पहाडी भेगका हजारौं नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.