बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पतालबाट प्रथम सेवा विन्दु हटाउने निर्णय उल्ट्याउने संकेत !

dream cafe
learnar

डडेल्धुरा : स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाउने निर्णयको चर्को विरोध भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।

उनले नागरिकको असहजतालाई सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम सेवा बिन्दु कायमै राखिने बताएका छन्।

CNA

उनले लेखेका छन्, ‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै व्यवस्था मिलाएका छौं।’

Bohora ma 1

मन्त्री पौडेलका अनुसार प्रत्येक स्थानीय तहमा कम्तिमा एक प्रथम सेवा बिन्दु सञ्चालन गर्ने सरकारको नीति छ।

‘प्रथम सेवा बिन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं, ’उनले लेखेका छन्।

डडेल्धुरा अस्पतालबाट सेवा बिन्दु हटाउने निर्णयपछि सामाजिक सञ्जालदेखि नागरिक तहसम्म विरोध चर्किएको थियो।

त्यसपछि मन्त्री पौडेलको यो स्पष्टिकरण आएको हो।

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुधार गर्दै नागरिकको पहुँच वृद्धिसँगै यसको दिगोपना र विस्तारका लागि हामी निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.