डडेल्धुरामा देउवाविरुद्ध उठेका ढकाल अब रुपन्देहीमा चुनाव लड्ने !

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चा कमाएका सागर ढकाल रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि सक्रिय देखिएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उम्मेदवारी दिने संकेत दिएका छन्।

Amargadhi Education

२०७९ सालको आम निर्वाचनमा ढकालले देउवासँग प्रतिस्पर्धा गर्दै १३,०४२ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए। देउवाले २५,५३४ मत ल्याएर विजयी भएका थिए। ढकालको त्यो प्रदर्शन धेरैको लागि अनपेक्षित मानिएको थियो।

अहिले ढकालले सामाजिक सञ्जालमार्फत रुपन्देही–३ बाट चुनाव लड्ने संकेत दिएका छन्।

अजयमेरु फाैजी केरा

उनले लेखेका छन्, “चितवन–२ मा रविको ५४,१७६ र काठमाडौंमा बालेनको ६१,७६७ मत। अब रुपन्देही–३ मा हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ।”

उनको भनाइमा कांग्रेस, एमाले र माओवादी एउटै शक्तिको रूपमा चित्रित गरिएको छ, जसको अन्त्य ‘जनता भर्सेस राणा शासन’ को रूपमा व्याख्या गरिएको छ।

तर, ढकालको उम्मेदवारीबारे रास्वपाभित्र भने सकारात्मक प्रतिक्रिया देखिएको छैन। रास्वपाका एक वरिष्ठ नेताका अनुसार, “उहाँले आफ्नै मनले प्रचार गरिरहनुभएको हो। पार्टीभित्र उहाँलाई उठाउने विषयमा कुनै छलफल भएको छैन।”

हाल रास्वपा रुपन्देही–३ मा बलियो उम्मेदवार चयनको तयारीमा रहेको छ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रबाट पार्टीले दोस्रो धेरै मत ल्याएको थियो।

रास्वपाका अध्यक्ष रवि लामिछानेले यो उपनिर्वाचनलाई सरकारविरुद्ध जनताको समर्थनको प्रमाण बनाउने रणनीति लिएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.