डडेल्धुरा एसइइ नतिजा : गन्यापधुरा पहिलो, अन्तिममा परशुराम , अन्यको अवस्था कस्तो ?

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइइको नतिजा (२०८१) मा डडेल्धुराका स्थानीय तहहरूमध्ये गन्यापधुरा गाउँपालिका सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भने परशुराम नगरपालिका सबैभन्दा कमजोर नतिजा देखिएको छ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका अनुसार, गन्यापधुरा गाउँपालिकाका विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीहरूको ग्रेडेड दर अन्य पालिकाहरूको तुलनामा उच्च रहेको पाइएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

गन्यापधुराको ग्रेडेड दर सबैभन्दा धेरै ४८.१९ प्रतिशत रहेको छ। दोस्रो स्थानमा रहेको अमरगढी नगरपालिकाको ग्रेडेड दर ४१.७६ प्रतिशत रहेको छ।

त्यसैगरि अजयमेरु गाउँपालिका ३३.१८, आलिताल गाउँपालिका १९.८७, नवदुर्गा गाउँपालिका १९.७७ प्रतिशत रहेको छ।

उता, परशुराम नगरपालिकामा भने एसइइ नतिजा सन्तोषजनक आउन सकेन। परशुराममा ग्रेडेड दर १६.९९ प्रतिशत मात्रै रहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.