सुदूरपश्चिमका शिक्षकको प्रतिभा पहिचान गर्न नृत्य प्रतियोगिता, वेदान्त विद्या मन्दिर प्रथम

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका शिक्षकहरूको प्रतिभा उजागर गर्नका लागि नृत्य प्रतियोगिता आयोजना गरिएको छ।

शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीको आयोजनामा सोमबार महेन्द्रनगरमा प्रतियोगिता सम्पन्न भएको हो।

Amargadhi Education

निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले शिक्षकहरूमा रहेको कला र क्षमता पहिचान गर्न तथा विद्यार्थीलाई शिक्षकबाट केही सिक्ने प्रेरणा दिन कार्यक्रम आयोजना गरिएको बताए।

निर्णायक संयोजकसमेत रहेका शिक्षा विकास समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले शिक्षकबीचको प्रतिस्पर्धाले शैक्षिक कार्यक्रमहरू अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

अजयमेरु फाैजी केरा

प्रतियोगितामा प्रदेशभरिका विभिन्न जिल्लाबाट आएका शिक्षकहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा कञ्चनपुरको बेदकोट नगरपालिका–३, दैजीस्थित वेदान्त विद्या मन्दिरका शिक्षक लालमणि जोशी र दीपिका खत्रीको टिमले सुदूरपश्चिमको सांस्कृतिक झल्को दिने टिपिकल गीतमा नृत्य प्रस्तुत गर्दै प्रथम स्थान प्राप्त गर्‍यो।

कैलालीको अत्तरियास्थित सत्यवती विद्यालयकी शिक्षिका आशिका भट्ट, मनिषा लामिछाने, वर्षा विष्ट र पार्वती कडायतको समूह दोस्रो तथा डोटीको रामपुर माविकी रश्मी श्रेष्ठ तेस्रो भएकी छन्।

भीमदत्त नगरपालिका–६ ऐठपुरका नवराज भट्टले सान्त्वना स्थान हासिल गरे।

विजेताहरुलाई क्रमशः १५ हजार, १२ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

आइतबार निर्देशनालयले विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, संगीत तथा नृत्य र विशेष कला विधामा प्रतिस्पर्धा गराएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.