डडेल्धुरासहित सुदूरपश्चिमका यी जिल्लामा हुँदैछ भीषण वर्षा [सूचनासहित]

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भीषण वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शनिबार साँझ सार्वजनिक गरिएको सूचनाअनुसार असार १४ गते रातिदेखि १६ गते बिहानसम्म डडेल्धुरा, बैतडी, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

Bohora madico

प्राधिकरणका अनुसार ती जिल्लाहरूमा सम्भावित ठूलो वर्षाका कारण भूक्षय, बाढी, पहिरो, डुबान र गेग्रान (फ्ल्यास फ्लड) को जोखिम उच्च रहेकोले सावधानी अपनाउनुपर्ने आवश्यक रहेको छ।

HARDIK AGRo NEw

विपद् व्यवस्थापन प्राधिकरणले संभावित जोखिम क्षेत्रका लागि आठ बुँदे चेतावनीसमेत जारी गरेको छ।

जसमा जोखिमयुक्त स्थानबाट अस्थायी रूपमा सुरक्षित स्थानमा सार्न, नदी किनार तथा डुबान सम्भावित क्षेत्रमा आवत–जावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन, सतर्कता सम्बन्धी सूचना नियमित रुपमा लिइरहन, स्थानीय निकाय र सुरक्षाकर्मीको निर्देशन पालन गर्नजस्ता सुझावहरू समेटिएका छन्।

यस अवधिमा सुदूरपश्चिमसँगै लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान जिल्लामा पनि भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

सार्वजनिक स्थल, नदी किनार, पहिरो सम्भावित क्षेत्र वा सवारी आवागमनका क्रममा विशेष सतर्कता अपनाउन प्राधिकरणले सबै नागरिकलाई अपिल गरेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.