डडेल्धुराका स्थानीय तहले ‘घुमेरै’ खर्चिए डेढ करोड बढी, कुन पालिकाको खर्च कति ?

dream cafe
learnar

डडेल्धुरा : गत आर्थिक वर्ष २०८०/०८१ मा डडेल्धुराका सातवटै स्थानीय तहहरूले घुमेर (भ्रमण शीर्षक)मा कुल १ करोड ६७ लाख ९७ हजार ७८४ रुपैयाँ खर्च गरेका छन्।

भ्रमण खर्च शीर्षकमा सबै पालिकाले लाखौँ रुपैयाँ खर्च गरेको तथ्यांक महालेखा परिक्षणको कार्यालयले सार्वजनिक गरेको हो।

Amargadhi Education

यस अवधिमा सबैभन्दा धेरै खर्च अमरगढी नगरपालिकाले गरेको छ।

अजयमेरु फाैजी केरा

नगरपालिकाले एक वर्षमा मात्र भ्रमणका लागि ४४ लाख ९८ हजार ८८७ रुपैयाँ खर्च गरेको छ।

त्यसपछि आलिताल गाउँपालिकाले ३३ लाख ६३ हजार ६०९ रुपैयाँ खर्च गरेको छ।

परशुराम नगरपालिकाले ३२ लाख ६७ हजार ८७४, र अजयमेरु गाउँपालिकाले २५ लाख ६२ हजार ४६८ रुपैयाँ खर्च गरेको छ।

त्यस्तै, भागेश्वर गाउँपालिकाले २३ लाख ९४ हजार ३२०, नवदुर्गा गाउँपालिकाले ४ लाख ४७ हजार ८०९ र गन्यापधुरा गाउँपालिकाले २ लाख ६२ हजार ८१७ रुपैयाँ खर्च गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.