गन्यापधुराले ल्यायो ४४ करोड ७४ लाख ५० हजारको बजेट

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजारको बजेट ल्याएको छ।

सोमबार २०औं अधिवेशनको दोस्रो बैठकमा गाउँपालिकाकी उपाध्यक्ष ज्ञानु सेटी देउवाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेकी हुन्।

GBL NEW

जसमध्ये चालुतर्फ अनुमानित २७ करोड ८७ लाख २६ हजार रुपैयाँ र पुँजीगततर्फ अनुमानित रु १६ करोड ८७ लाख ४८ हजार विनियोजन गरिएको उनले बताइन्।

पालिकाले संघसरकारबाट हुने वित्तीय समानिकरणतर्फ ७ करोड ९१ लाख, राजश्व बाँडफाँडअन्तर्गत ८ करोड ७० लाख, सशर्त अनुदानतर्फ १६ करोड १६ लाख, सशर्त अनुदान पुँजीगततर्फ ३ करोड ७९ लाख, चालुतर्फ विशेष अनुदान १ करोड ३६ लाख, पुँजीगत समपुरक अनुदानतर्फ ५८ लाख प्राप्त हुने अनुमान गरेको छ।

प्रदेश सरकार अन्तर्गत प्राप्त हुने वित्तीय समानिकरण अनुदानतर्फ ६७ लाख ४९ हजार, प्रदेश सरकारबाट प्राप्त हुने सवारीसाधन कर रकम २५ लाख ६९ हजार, सशर्त अनुदान पुँजीगततर्फ २ करोड ४५ लाख, चालुतर्फ विशेष अनुदानमा ५ करोड, विशेष अनुदान पुँजीगततर्फ २५ लाख, समपुरक अनुदान पुँजीगततर्फ ५ करोड, गाउँपालिकाको आन्तरिक आय राजश्व संकलनतर्फ ५३ लाख, राजश्व बाँडफाँडतर्फ २ लाख, गाउँपालिकाको आन्तरिक आय संचितकोषमा मौज्दात रकम १ करोड ६९ लाख ३२ हजार रहेको छ।

शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले बजेट ल्याएको अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.