डडेल्धुराको तुफानडाँडामा भागरथीलाई बसले कुल्चियो, धनगढीमा उपचार हुँदै

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा बसले कुल्चिदा एक महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका- ५ बस्ने ३६ वर्षीया भागरथी भण्डारी ठकुराठी रहेकी छन्।

ठकुराठीलाई अमरगढी नगरपालिका-५ तुफानडाँडा स्थित भीमदत्त राजमार्गमा सुपप्र०२००१ ख १२८६ नम्बरको पवनदुत यातायातको बसले आज दिउँसो कुल्चिएको थियो।

Bohora madico
HARDIK AGRo NEw

बैतडी बाट महेन्द्रनगर तर्फ जादै गरेको बसबाट झर्ने क्रममा उनलाई बसले कुल्चिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टले जानकारी दिए।

बिष्टका अनुसार बसले उनको दाहिने खुट्टा कुल्चिएको थियो। घाइते ठकुराठीको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार पश्चात थप उपचारका लागि धनगढी रेफर गरीएको छ।

बस र चालक बैतडीको मेलौली नगरपालिका-१ का २५ वर्षीय बिरेन्द्रसिंह नायकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.