बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमको नीति कार्यक्रममाथि सांसद भाटको टिप्पणी : योजना बेच्छन्, छानबिन छैन

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि माओवादी केन्द्रका सांसद ओम विक्रम भाट (सरल) ले कडा आलोचना गरेका छन्।

प्रदेशसभा बैठकमा बोल्दै उनले नीति कार्यक्रमलाई “फुलबुट्टा भरिएको खोक्रो दस्तावेज” भन्दै सरकारको उद्देश्य, प्रक्रिया र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठाए।

CNA
Bohora ma 1

उनको आरोप थियो, “सरकार वैचारिक आधारमा होइन, स्वार्थको गठबन्धनबाट बनेको हो। संघीय अभ्यासको नक्कल प्रदेशमा दोहोरिएको छ।”

योजना बिक्रीको आरोप लागिरहँदा छानबिन नहुनु दुःखद भएको बताउँदै उनले भने, “यहाँ योजना बेच्छन् भन्ने आरोप खुलेआम लागिरहेको छ, तर छानबिन छैन। शुद्ध सरकार हो भने संसदीय छानबिन समिति गठन कसले रोकेको?”

सत्तापक्षीय सांसदहरूको अडियो प्रकरण उठाउँदै उनले सदन अबरुद्ध भइसकेको स्मरण गराए तर विषय सामसुम पारिएको गुनासो गरे।

भाटले प्रतिपक्ष पनि मौन रहेको आरोप लगाए, “तारिफ गर्‍यो भने रातो किताबमा नपर्ने डर, आलोचना गर्‍यो भने बजेट नआउने डर।”

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.