‘प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम’ कार्यक्रममा पर्यटन विकासबारे चासो र प्रतिबद्धता

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउने उद्देश्यसहित धनगढीमा सम्पन्न ‘प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम’ कार्यक्रममा प्रदेश सरकारका मन्त्रीदेखि जनप्रतिनिधि, पर्यटन विज्ञ, व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै सुदूरपश्चिमलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पर्यटन क्षेत्रलाई विकासको मूल आधार मानेर मन्त्रालयले केन्द्रित रूपमा काम गरिरहेको जानकारी दिए।

Bohora madico

उनले चाँडै विज्ञलाई पर्यटन फोकल पर्सनका रूपमा नियुक्त गरिने उल्लेख गर्दै खप्तड, वडीमालिका, रामारोशनजस्ता क्षेत्रको नयाँ ढंगले विकासको प्रक्रिया अघि बढेको बताए।

कैलालीको भजनी र टीकापुर क्षेत्रमा बहने मोहना र कर्णाली नदीमा पाइने डल्फिनलाई आधार मानेर डल्फिन पार्क निर्माणको सम्भाव्यता अध्ययन गरिने घोषणा पनि उनले गरे।

हाल मन्त्रालयसँग रहेको ५५ करोड रुपैयाँ बजेटले पर्यटन र उद्योग प्रवर्द्धनमा अपुग भएको भन्दै मन्त्री चौधरीले बजेट वृद्धि गर्न मुख्यमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरिरहेको बताए।

चीन र भारतबाट पर्याप्त पर्यटक ल्याउन नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भारतबाट आउने पर्यटकहरू ट्राफिक प्रहरीले अनावश्यक रूपमा दुःख दिने गरेको गुनासो गरे।

दुईदेखि पाँच किलोमिटरको अन्तरालमा चेकजाँच गरेर ट्राफिक प्रहरीले पर्यटकलाई हैरान पार्ने कार्य बन्द गर्न प्रदेश प्रहरी प्रमुख र ट्राफिक इकाईलाई आग्रह गरिसकेको जानकारी दिए।

कार्यक्रममा मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम प्रदेशमा माउन्टेन फ्लाइट, केबुलकार र इको–पर्यटनको सम्भावना रहेको र यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

अधिकांश सहभागीहरूले पर्यटन क्षेत्रको समुचित विकासका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पर्यटनलाई अलग गरी पृथक मन्त्रालय गठन गर्नुपर्ने माग राखे।

HARDIK AGRo NEw

स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले वर्तमान स्वरूपमा मन्त्रालय रहे पर्यटनको समृद्धि असम्भव भएको बताउँदै विकल्पको खोजी गर्नुपर्नेमा जोड दिए।

पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई देवभूमि, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले सम्पन्न क्षेत्रका रूपमा प्रचार गर्न जरुरी रहेको बताए।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले योजनाबद्ध र इमान्दार प्रयास बिना प्रदेश मात्र होइन, मुलुककै पर्यटन विकास कठिन हुने उल्लेख गरे।

पूर्वमन्त्री सन्तोष शर्मा थापा, अक्कल रावल, नरेश शाही, टीका थापा लगायतले पर्यटनलाई सबै मिलेर अघि बढाउनु पर्ने धारणा राख्दै “सके राम्रो गरौं, नसके विगार्न नपरोस्” भन्ने सन्देश दिए।

पर्यटन क्षेत्रप्रति गहिरो रुचि राख्ने क्याप्टेन वेद उप्रतीले डल्फिन सेन्टर, खप्तडमा स्की खेलको प्रवर्द्धन र शुक्लाफाँटामा बाह्रसिगे हेर्ने आकर्षणमार्फत रोजगारी सिर्जना गर्न सकिने सुझाव दिए।

व्यवसायी ओम विष्टले नदीमा पाइने डल्फिन संरक्षणका लागि उपयुक्त वातावरण बनाउने विषयमा गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।

पर्यटनकर्मी गणेश मगरले सुदूरपश्चिममा पर्यटकीय पूर्वाधारको अभाव, प्रचार–प्रसारको कमी, महँगो हवाई भाडा र झन्झटिलो ड्रोन अनुमति प्रक्रियाजस्ता चुनौतीले विकास अवरुद्ध भएको उल्लेख गरे।

खप्तड क्षेत्रको व्यवस्थित विकास भए त्यसको सकारात्मक प्रभाव वरपरका क्षेत्रहरूमा समेत पर्ने सहभागिहरूको विश्वास थियो।

वनस्पति अध्ययन केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले सुदूरपश्चिम अझै जडीबुटी र वनस्पतिको दृष्टिले भर्जिन क्षेत्र रहेको उल्लेख गर्दै यसको उचित उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण कुँवर, पर्यटन व्यवसायी प्रकाश भट्ट, लक्ष्मीनारायण चौधरी, दिनेशराज भण्डारी, पदमविक्रम सिंह, प्रमोद पाठक, रविन पन्त, तपेन्द्र रावल, शिक्षासेवी सीताराम जोशी लगायतको उपस्थिति रहेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.