सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा पुन: खगराजको इन्ट्री

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेता खगराज भट्टलाई बनाउने सहमति भएको छ।

मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियान अन्तर्गत आज डडेल्धुरा पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सांसदलाई बोलाएर छलफल गरेका हुन्।

GBL NEW

उक्त छलफलमा खगराजलाई दलको नेता बनाउने सहमति भएको स्रोत बताउँछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो।

गत वर्ष १२ माघदेखि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद थियो।

गत वर्ष माघमा बहुमत सासंदहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई बनाएका थिए।

माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए।

आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.