एमाले अछाम अधिवेशन : नेतृत्वमा नयाँ ढुकढुकी, अध्यक्षको कुर्सीका लागि युवादेखि अनुभवीबीच प्रतिस्पर्धा

dream cafe
learnar

अछाम : नेकपा एमाले अछामको ९ औं जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म सदरमुकाम मंगलसेनमा हुँदैछ।

सुदूरपश्चिमका अन्य जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा पनि अछाममा केन्द्रको विवादका कारण ढिलाइ भएको अधिवेशनले अब भने निर्णायक मोड लिने अपेक्षा गरिएको छ।

Bohora madico

अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको सरगर्मी उच्च विन्दुमा पुगेको छ।

अध्यक्ष पदको दौडमा सात नेताहरूको नाम चर्चामा आउँदा एमाले अछामको राजनीति झनै रोचक बनेको छ।

नेतृत्वको लागि को-को दौडमा?

चन्द्रबहादुर वोहरा
हालका जिल्ला अध्यक्ष चन्द्र बहादुर वोहरालाई कार्यकर्ताले फेरि नेतृत्व सम्हाल्न दबाब दिइरहेका छन्।

उनले विषम परिस्थितिमा संगठनलाई सम्हालेको स्मरण गर्दै अब अझ मजबुत बनाउने लक्ष्य लिएको बताएका छन्।

HARDIK AGRo NEw

सर्वसम्मति नभए चुनावी प्रतिस्पर्धामा जान तयार रहेको उनको भनाइ छ।

भीम रावल (कालोटोपी)
जिल्ला सचिव भीम रावल युवा पुस्तामाझ लोकप्रिय छन्। पार्टीभित्र सबै पक्षलाई समेटेर लैजाने उनको क्षमता र कार्यशैलीले उनलाई बलियो दाबेदार बनाएको छ।

उनी नेतृत्व हस्तान्तरणको पक्षमा छन् र रोजगारी, उद्यमशीलता र आन्तरिक एकता प्राथमिकतामा राख्ने बताउँछन्।

डिबी साउद
विद्यार्थी राजनीतिबाट उदाएका डिबी साउद पनि सशक्त उम्मेदवारको रूपमा अगाडि आएका छन्। अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष साउदले आफ्नो संगठन अनुभव र स्थानीय सक्रियता मार्फत सर्वसम्मत अध्यक्ष बन्नेमा विश्वास व्यक्त गरेका छन्।

हिरण्ड भट्टराई
पूर्व एमाले नेता भट्टराई, जो एकीकृत समाजवादी हुँदै पुनः एमालेमा फर्किएका हुन्, नेतृत्वको दौडमा चर्चा भइरहेका छन्।

यद्यपि उनले औपचारिक रूपमा आकांक्षा भने सार्वजनिक गरेका छैनन्।

शिवप्रसाद उपाध्याय, बमबहादुर विसी र तिलक कुँवर

यी नेताहरूले आन्तरिक छलफल, संगठन निर्माणमा सक्रियता देखाउँदै नेतृत्वको आकांक्षा प्रस्तुत गरिरहेका छन्।

उनीहरू निर्वाचनको समीकरणमा निर्णायक बन्न सक्ने आकलन गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.