बोहरा मेडिको सेन्टर

एमाले कञ्चनपुरकि अध्यक्ष सवारी दुर्घटनामा घाइते

dream cafe
learnar

धनगढी : नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन्।

बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा शनिबार बिएई ०२९८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

CNA
Bohora ma 1

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक बिरबहादुर बोहराले बुढा धनगढी तर्फ आइरहेको बेला उनी सवार स्कुटरलाई सोही दिशातर्फ आइरहेको कारले ठक्कर दिँदा घाइते भएको बताए।

बुढाको टाउको र दायाँ हातमा चोट लागेको छ। प्रहरी निरीक्षक बोहराका अनुसार अहिले उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताए।

कार र चालक धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक बस्ने ४५ वर्यीय राम बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.